

झापा – वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) गएका झापाका एक युवक विगत एक वर्षदेखि सम्पर्कविहीन बनेका छन् ।

चार वर्षअघि युएई गएका कचनकवल गाउँपालिका–३ स्थित डागीवारी निवासी ३७ वर्षीय आदेश माझी एक वर्षदेखि परिवारजनसँग सम्पर्कविहीन बनेका हुन् ।

पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण आदेश २०७५ सालमा युएई उडेका थिए । ‘श्रीमान् तीन वर्षसम्म नियमित सम्पर्क हुनुहुन्थ्यो,’उनकी श्रीमती वनिताले भनिन्, ‘तीन वर्षमा ६० हजार मात्र पैसा पठाउनुभयो, गत माघदेखि एकाएक उनी सम्पर्कविहीन हुनुभयो ।’

Views: 137

