Aamsanchar

कोभिड संक्रमण रोक्न काँकडभिट्टा स्थल नाका हेल्थडेक्सलाई चलायामान बनाउन जोड

Author Image
शुक्रवार, पौष २२, २०७९

मेचीनगर। झापाको मेचीनगरमा शुक्रबार आयोजित कार्यक्रमका सहभागीहरुले कोभिड संक्रमण दर फैलन नदिने सीमाक्षेत्रलाई सुरक्षित राख्नुपर्नेमा जोड दिएका छन् । फेरि विश्वका विभिन्न देशमा कोभिड संक्रमण शुरु भएको भन्दैं नेपालमा संक्रमण हुन नदिन सीमाक्षेत्रबाट हुने आवतजावतमा कडाई गर्न समेत वक्ताहरुले सम्बन्धित पक्षको ध्यनाकर्षण गराएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाण्डौंले काँकरभिट्टामा आयोजना गरेको स्थल नाका हेल्थडेक्ससँगको अन्तरक्रिया विषयक कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले यस्तो बताएका हुन् ।

विश्व स्वासथ्य संगठन नेपाल डाक्टर सागर पौडेलले सन् २०१९ बाट शुरु भएको कनावेल कोरोना भाइरस कोभिड १९ र त्यसले पुर्याएको मानवीय क्षतिका बारेमा प्रस्तुतीकरण दिनुभयो । उहाँले कोभिड १९ का कारण सुस्ताएका हरेकक्षेत्र अहिले विस्तारै लयमा फर्किन थालेको र पुनः कोभिड १९ को संक्रमण विश्वका विभिन्न देशमा फैलिन थालेकोले नेपालमा यस्को संक्रमण हुन नदिन स्थल नाकामा बढी सतर्कता अप्नाउनुपर्ने बताउनुभयो ।

उहाँले विश्वमा यसबाट भएको मृत्यु दर तथा संक्रमितहरुको अवस्थामा जानकारी गराउँदैं अब फेरि कोभिड १९ को संक्रमण बढे झन बढी क्षति हुने आशंका व्यक्त गर्नुभयो । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले विगतमा कोभिड १९ का कारण भएको क्षति र त्यसको नियन्त्रणमा स्थानीय सरकारले खेलेको भूमिकाका बारेमा स्पष्ट धारणा राख्नुभयो । कार्यक्रमको अध्यक्षता समेत गर्नुभएको उपप्रमुख उप्रेतीले मेचीनगर नेपालकै पूर्वीनाका भएकाले स्थानीयभन्दा बढी यस नाकाबाट आवतजावत गर्ने सर्वसारधारणको सुरक्षामापनि बढी सक्रिय रहनु परेको बताउनुभयो । अहिले कोभिड १९ को पहिलो दोस्रो हुदैं ‘ओमिक्रोन’ समेतको संक्रमण सीमावर्ती बजारमा देखिएकाले र यो सम्वेदनशील समय र विशेषनाका भएका कारणले पनि चिकित्सक र अन्य प्राविधिकसहितको टोलीको व्यवस्था स्थल नाकामा हुनुपर्ने उहाँको जोड थियो ।

विभिन्न समयमा आउने विभिन्न खाले महामारी रोग नियन्त्रणमा नगरका सवै क्षेत्रले खेलेको भूमिका प्रशंसा गर्दै आगामी दिनमा समेत यस्तै सहकार्य र समन्वयको आवश्यकता रहेको विचार राख्नुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाण्डौंका भोलाअधिकारी कोभिडलगायत अन्य सरुवासहित महामारी रोग नियन्त्रणमा स्थल नाका हेल्थ डेक्स ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । भारतसँग नेपालको झापा जिल्लाको खुला सिमाना १ सय ४४ दशमलव शुन्य २ किलो मिटर रहेको छ भने मेचीनगर नगरपालिकाक्षेत्रको ३४ किलो मिटर खुला सीमाना छ ।

स्थल नाका काँकरभिट्टा हेल्थडेक्सका प्रमुख भोला थापाले सञ्चालन गर्नुभएको अन्तरक्रिया कार्यक्रममा आइओएमका डा जितेन्द्र झा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलालले आ आफ्नो धारण राख्नुभएको थियो । मेची भन्सार कार्यालय काँकरभिट्टाका अर्जुन सिटौला सशस्त्र प्रहरी बल नेपाल बोओपी काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत, काँकरभिट्टा बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर नेत्र कार्की, विभिन्न गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधि, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, राजनीतिक दललगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर