Aamsanchar

आजकाे माैसम

Author Image
शनिवार, पौष २३, २०७९

काठमाडौं : देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ। पश्चिम तथा मध्य तराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मौसमविद् वरुण पौडेलका अनुसार शनिबार दिउँसो देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। तराईका क्षेत्रहरुमा भने शीतलहर कायमै रहनेछ।

तत्काल वर्षा र हिमपातको सम्भावना नभएपनि तापक्रममा भने निरन्तर गिरावट आउने पौडेलले बताए।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर