Aamsanchar

बिर्तामोडमा अवैध माछाको बिक्री रोकिएन, नगरपालिकाले ३५ किलो माछा नष्ट गर्यो

Author Image
आइतवार, पौष २४, २०७९

बिर्तामोड । बिर्तामोड नगरप्रहरीले शुक्रवार नियन्त्रणमा लिएको मरेका माछा आज खाल्डोमा परेर नष्ट गरिएको छ । बिर्तामोड नगरपालिका क्षेत्र भित्र मरेका र मागुर माछा विक्री वितरणमा पुर्णरुपमा रोक लगाएको भएपनि लुकिछिपि विक्री वितरण भईरहेको भन्ने सुराकीका आधारमा नगरप्रहरीले पश्चिम स्टेण्ड नजिकैबाट पंघास र रुपचन जातका करिब ३५ किलो माछा नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका माछालाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र स्थानिय माछा उत्पादक कृषकको उपस्थितिमा खाल्डो खनेर पुरीएको हो । बिर्तामोड नगरपालिकाले जनताको स्वास्थ्यलाई हानिगर्ने विषादी हालिएका मरेका माछा विक्री वितरणमा रोक लगाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर