Aamsanchar

आजकाे माैसम

Author Image
सोमवार, पौष २५, २०७९

काठमाडौं : देशका पहाडी भू–भागमा मौसम आंशिक बदली छ। तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले सोमबार दिउँसो पश्चिमी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ।

अन्य भूभागको मौसम आंशिक देखि सामान्य बदली तथा सामान्यतया सफा रहनेछ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर