Aamsanchar

बिर्तामोडमा भाक्का दिवस कार्यक्रमको तयारी अन्तिम, ‘विगत वर्षको भन्दा भव्य रहने’

Author Image
बुधवार, पौष २७, २०७९

फायल फोटो : आमसंचार

बिर्तामोड । झापाको बिर्तामोडमा  छैटौँ राष्ट्रिय भाक्का दिवस विविध कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । राजवंशी समाज विकास समितिको आयोजनामा पुष २९ गते बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा भाका दिवस आयोजना हुने आयोजक संस्थाका अध्यक्ष बरुण राजवंशी (अभय) ले बताए ।

राजवंशी समुदायको लोकप्रिय परिकार भाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराई भाकाको प्रचार र व्यवसायको प्रर्वद्धन गराउने उद्देश्यले हरेक वर्ष बिर्तामोडमा राष्ट्रिय भाक्का दिवस मनाइदै आएको अध्यक्ष  अभय राजवंशीले जानकारी दिए । राजवंशी (कोच सभ्यता) मौलिक पहिचानको प्रर्दशनी र विभिन्न सांस्कृतिक नृत्य आयोजना गरेर मनाइने भाक्का दिवस यस वर्ष विगतको भन्दा वृहत ढंगले मनाउने तयारी गरिएको उनको भनाई छ ।

उता राजवंशी समाज विकास समितिको लेटर प्याडमा पुष २९ गते बिर्तामोडमा हुने भनिएको भाक्का दिवस कार्यक्रम हाम्रो आधिकारिक संस्था राजवंशी समाज विकासको कार्यक्रम होइन भनेर विज्ञप्ति जारी भएको छ । यसै विषयमा राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीलाई कुन चै आधिकारिक संस्था हो भनेर आमसंचारले राखेको प्रश्नमा अभय राजवंशीको भनाई छ । ‘हाम्रो संस्थालाई जिल्ला प्रशासन कार्यालय झापाले आधिकारिक ठहर गरेको छ, भाक्का दिवसको कार्यक्रममा आदिवासी जनजाति महासङ्घका केन्द्रिय अध्यक्षको तोक आदेश अनुसार महासंघ प्रतिनिधिहरूको कार्यक्रममा उपस्थिति रहने भएको छ । राजवंशी र गैर राजवंशी समुदाय बिच  एकता कायम गर्दै राजवंशी भाषा संस्कृतिको उत्थानको लागि  विशेष पर्वको रुपमा पुष २९ गते विगतमा कोचिला ग्राभुरफ्रन्ट नामक संस्थाले भाक्का दिवस आयोजना गर्दै आएकोमा यस बर्ष राजवंशी समाज विकास समितिले भाक्का दिवस कार्यक्रम आयोजना गर्न लागेको हो । पर्वकै रुपमा स्थापित हुदै गरेको भाक्का दिवसलाई केही समुदायका व्यक्तिहरूबाट  गलत प्रचार गरेर सर्वसाधारणहरूलाई भ्रमित पार्ने कोसिस गरिएको छ । राजवंशी समुदायको आधिकारिक संस्था हामी आवद्ध संस्था हो,’ कुनै  किसिमको भ्रममा नपर्न अध्यक्ष अभय राजवंशीले सबै प्रति आग्रह गरेका छन् ।

जिल्लाका विशिष्ट ओहोदामा रहेका सरकारी पदाधिकारी, सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनिय उपस्थिति रहने आयोजकले जनाएको छ । यस वर्षको भाक्का दिवसमा डा. विष्णु बरालको विशेष मन्तव्य, श्री श्री १००८ हिमालय पिठाधिश्वर स्वामी गिरेन्द्रनन्द महाराजको विशेष प्रवचन, कवि/चित्रकार प्राज्ञ पवन राजवंशीको भाक्का  कवितात्मक चित्रकला प्रर्दशनी पनि रहने आयोजकले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर