Aamsanchar

कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव फेला

Author Image
सोमवार, वैशाख ७, २०८३

धनगढी – कर्णाली नदीमा बेपत्ता भएका बुवा–छोराको शव भेटिएको छ । प्रहरीका अनुसार नदीमा बेपत्ता तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरी बुढाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले उनीहरुको शव तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानको बल्दे नजिकै भेटिएको बताए ।

उनकाअनुसार बुवाको शव डुबेको स्थानदेखि पाँच सय मिटर तल र छोराको शव एक किलोमिटरको दूरीमा भेटिएको हो । दुवैजना ३ वैशाखमा कर्णालीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका थिए । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।

 

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर