Aamsanchar

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको सरकारका पूर्व मन्त्री पक्राउ

Author Image
आइतवार, माघ १, २०७९

काठमाडौं : ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारोको सरकारका एक पूर्व मन्त्री पक्राउ परेका छन्। संसद, सर्वोच्च अदालत र राष्ट्रपतिको दरबारमा गत साता भएको दंगामा उनको संलग्नता रहेको आरोपमा उनी पक्राउ परेका हुन्।

हजारौं तथाकथित “बोलसोनारिस्टा“ ले गत साता राजधानीमा रहेका ती भवनमा तोडफोड गरेका थिए।

घटनापछि २ हजारभन्दा बढी दंगाकारीलाई नियन्त्रणमा लिइएको थियो। जैर बोल्सोनारोका अन्तिम न्याय मन्त्री एन्डरसन टोरेस अमेरिकाबाट ब्रासिलिया आइपुग्दा पक्राउ परेका थिए।

यसअघि बोल्सोनारो पनि अनुसन्धानको दायरमा तानिएका थिए। सर्वोच्च अदालतले जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्र्वराष्ट्रपति जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको थियो ।

Views: 146

प्रतिक्रिया (०)