Aamsanchar

क्यालिफोर्नियामा अन्धाधुन्दा गाेली चल्दा छ महिनाको बच्चासहित ६ जनाको मृत्यु

Author Image
मङ्गलवार, माघ ३, २०७९

काठ्माण्डाैं – अमेरिकाकाे क्यालिफोर्नियामा जथाभाबी गोली चल्दा ६ महिनाको बच्चासहित ६ जनाको ज्यान गएको छ ।

बिहान मध्य क्यालिफोर्नियाको गोशेनमा दुई जना व्यक्तीले जथाभाबी गोली चलाउँदा ६ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

घटनामा बच्चाको आमाको पनि ज्यान गएको छ । आक्रमणकारीको खोजी भइरहेको र उनीहरु लागुऔषध गिरोह हुन सक्ने प्रहरीले जनाएको छ । एक हप्ताअघि पीडितको घरमा लागुऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर