Aamsanchar

ट्रकसँग ठोक्किएर एम्बुलेन्स दुर्घटना हुँदा ६ जनाको मृत्यु

Author Image
मङ्गलवार, माघ ३, २०७९

ढाका – बिरामी बोकेर बंगलादेशको राजधानी ढाकातर्फ आइरहेको एम्बुलेन्स शरियतपुर जिल्लामा आज बिहान ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा चालकसहित ६ जनाको ज्यान गएको छ । विपरीत दिशाबाट प्राकृतिक ग्यास बोकेर आएको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको उद्धारकर्मीले बताएका छन् । एम्बुलेन्समा सवार सबै ६ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । एम्बुलेन्सबाट शव निकाल्न घण्टौँ लागेको उद्धारकर्मीले बताएका छन् । बिरामी र निजका तीन जना सहयोगी तथा चालक र सहचालक दुर्घटनामा मारिएका उनीहरूले जनाएका छन् ।

साँघुरा राजमार्ग, उपयुक्त ढङ्गले नियमितरूपमा मर्मतसम्भार नगरिएका सवारी साधन, अदक्ष चालक, सवारी ज्ञानको अभाव तथा ट्राफिक नियमको पूर्ण परिपालना नहुँदा तथा नियामक निकाय ट्राफिक विभागको फितलो अनुगमनका कारण बङ्गलादेशमा सडक दुर्घटना अधिक हुने गरेका छन् ।

बङ्गलादेश प्यासेन्जर वेलफेयर एसोसिएसन नामक स्थानीय संस्थाको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२२ मा देशभर  सात हजार ६१७ सडक, रेल र जलमार्ग दुर्घटनामा १० हजार ८५८ जनाको मृत्यु भएको छ भने १२ हजार ८७५ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 495

प्रतिक्रिया (०)

सम्बन्धित खबर