Aamsanchar

आजकाे माैसम पुर्वानुमान

Author Image
बुधवार, माघ ४, २०७९

काठमाडौं : आज बिहान काठमाडौं उपत्यकासहित तराईमा भु-भागहरुमा हुस्सु तथा कुहिरो लागिरहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  बाँकी भु–भागको मौसम भने सामान्यतया सफा रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिइन्। उनका अनुसार दिउँसो कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागमा मौसम आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमासामान्यतया सफा रहनेछ।

राति पनि सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। भोलिदेखि भने देशका केहि भुभागमा हल्का वर्षा हुने मौसमविद कँडेलले बताइन्।

सुदूरपश्चिम र कर्णाली प्रदेशको  एक वा दुई स्थानमा वर्षाको अनुमान गरिएको हो। सुदूरपश्चिम र कर्णाली  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर