Aamsanchar

चलचित्र वानरसेनाबाट अर्माणजंग ले तीनवटा विधामा डेव्यु गर्ने 

Author Image
आइतवार, माघ ८, २०७९

बिर्तामोड । गिरी ग्रान्ड फिल्म प्रोडक्सन प्रा.ली.को ब्यानरमा नेपाली चलचित्र वानरसेना निर्माण हुने भएको छ । माघ १२ गते सरस्वती पूजाको दिनलाई शुभसाइत बनाएर कोशी नदीको श्रीलंका टापुमा फिल्मको मुहूर्र्त गर्ने तयारी गरिएको हो ।

१ करोड ५० लाख लगानी अनुमान गरिएको चलचित्र वानर सेना ढिलोमा ३२ दिन भित्रमा छायांकन सम्पन्न गर्ने निर्माण पक्षले अनुमान गरेको छ ।

रामायणकालीन पात्रहरूले गरेका सकारात्मक, नकारात्मक क्रियाकलापलाई चलचित्रमा कलाकारहरूले त्यस्तै  चरित्र प्रस्तुत गर्ने भएका छन् । चलचित्रको नामलाई लिएर धार्मिक जस्तो लागे पनि चलचित्र वानरसेना सामाजिक तथा प्रेम कथामा आधारित चलचित्र रहेको निर्माता युवराज गिरीले बताए ।

नेपाली सिने जगतमा अर्माणजंग गिरीले तीनवटा विधामा डेब्यु गर्दैछन् । चलचित्रको कथा लेखन, निर्देशन र मुख्य पात्रको अभिनय अर्माणजंग ले नै गर्ने भएका हुन ।पहिलो पटक नेपाली चलचित्रमा प्रस्तुत हुन लागेका अर्माणजंग  फिल्मी विषयमा क्यानडाबाट डिग्री सम्म अध्ययन गरेर नेपाल फर्किएका उदयमान कथाकार, निर्देशक र कलाकार हुन । निर्देशक गिरीले चलचित्रलाई फरक र रोचक ढंगले दर्शकमाझ प्रस्तुत गराउनेमा आफू विश्वस्त रहेको बताए ।

चलचित्रमा नयाँ र केही पुराना कलाकारहरूको अभिनय रहने भएको छ ।  सुरवीर पण्डित, जुनु प्रसाईँ, किशोर खतिवडालगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको छायांकन विनोद सापकोटाले गर्ने भएका छन् । सापकोटाले अहिले सम्म ६० वटा भन्दा धेरै चलचित्रहरू छायांकन गरिसकेको बताए ।

मैथिली सभ्यतालाई पनि चलचित्रमा समेटिने, चलचित्रमा पात्रहरूको नाम राम, सीता, हनुमान रहने छ । तर ती पात्रहरूलाई पौराणिक भेषभुषामा प्रस्तुत नगरिने निर्देशक गिरीले बताए । चलचित्रमा ४ वटा गीतका दृष्य समावेश गरिने र उक्त गीतहरूमा गायक डम्बर नेपाली, गायिका जुनु प्रसाईँ, अनिसा मैनालीको स्वर दिएका छन ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
17
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर