Aamsanchar

आजकाे माैसम

Author Image
सोमवार, माघ ९, २०७९

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले सोमबार साँझदेखि देशको सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने जनाएको छ। यसका कारण लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षा तथा हिमपात हुने मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

बिहान र दिउँसो मौसम सामान्यतया सफा रहे पनि साँझबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा शुरु हुने श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपात हुनेछ । पश्चिमी न्युनचापिय प्रणाली विस्तारै पूर्वतर्फ सर्ने भए पनि बागमती, मधेश र प्रदेश १ मा पानी पर्ने सम्भवना कम रहेको विभागले जनाएको छ।

सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर