Aamsanchar

भूकम्पका कारण बाजुरामा एक जनाको ज्यान गयाे

Author Image
मङ्गलवार, माघ १०, २०७९

काठमाण्डौ – बाजुरामा भूकम्पका कारण एक जनाको ज्यान गएको छ । दिउँसो गएको भूकम्पका कारण गौमुल गाउँपालिका–२ की जमुना रोकायाको ज्यान गएको हो ।

गौमुल गाउँपालिका–१ मा एक जना स्थानीय घाइते भएका छन् । यस्तै भूकम्पका कारण गौमुल गाउँपालिका–७ र ८ मा केही घर भत्किँदा ४० वटा भेडाको बथान पुरिएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

यस्तै, बडिमालिका नगरपालिकामा चारवटा घर भत्किएको जानकारी प्राप्त भएको र थप विवरण संकलन भैरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिनुभयो ।

दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको कोल्टी नजिक केन्द्रबिन्दु बनाएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्र नेपालले जनाएको छ ।

भूकम्पको धक्का नेपालको साथै भारतका सिमावर्ती क्षेत्रमा महसुस भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर