Aamsanchar

एपेन्डिक्सको प्रारम्भिक लक्षणहरु

Author Image
मङ्गलवार, माघ १०, २०७९

सबैलाई कुनै न कुनै बेला पेट दुख्ने गर्छ । तर कहिलेकाहीँ यो पीडा यति बढ्छ कि सहन गाह्रो हुन्छ । धेरै पटक मानिसहरूले पेट दुखाइलाई हल्का मानेर बेवास्ता गर्छन् । तर बारम्बार पेट दुखिरहन्छ भने, यो एपेन्डिक्स हुनसक्छ । एपेन्डिक्सको दुखाई कहिलेकाहीँ यति अचानक हुन्छ कि यसले निकै अत्त्याइदिन्छ । यो दुखाइ तल्लो पेटमा हुन्छ र यस दुखाइका कारण मानिसलाई हिँडडुल गर्न, खान–पिन गर्न र खोक्नसमेत गाह्रो हुन्छ । एपेन्डिक्सको भाग पेटको तल्लो भागमा हुन्छ । कहिलेकाहीँ, जब आन्द्राको ब्याक्टेरिया एपेन्डिक्समा सर्छ र सङ्क्रमण निम्त्याउँछ, यसले एपेन्डिसाइटिसको समस्या हुनसक्छ । जे होस्, एपेन्डिक्सको समस्या हुँदा असाध्यै पेट दुख्छ । तर धेरै पटक यसलाई सामान्य दुखाइ सम्झेर हामी बेवास्ता गर्छौँ । यस्तो अवस्थामा आज हामी तपाईँलाई यस लेखमा एपेन्डिक्स हुँदा के कस्ता लक्षण देखिन्छन् भन्ने जानकारी दिइरहेका छौँ ।

नाभि वरिपरि दुखाइ

एपेन्डिक्सको प्रारम्भिक लक्षणमध्ये एक नाभि वरिपरिको दुखाइ हो । कहिलेकाहीँ एपेन्डिक्स सुरु हुँदा नाभि आसपास हल्का पीडा महसुस हुन्छ । यो दुखाई नाभि हुँदा पेटको दायाँतर्फ बढ्छ । यो दुखाई कहिलेकाहीँ पेटको दाहिने हिस्सामा पनि हुनसक्छ ।

कब्जियतको समस्या

एपेन्डिक्सको समस्या भएमा कब्जियत र पेट दुख्ने जस्ता लक्षण पनि देखिन सक्छ । यदि तपाईंको पेट २–३ दिनसम्म खराब छ र औषधिले केही काम गरेको छैन भने यो एपेन्डिक्सको लक्षण हुनसक्छ । एपेन्डिक्स भएमा पखाला लाग्ने समस्या पनि हुन सक्छ ।

पेट फुल्नु

धेरै पटक हामीले पेट फुल्ने समस्यालाई हल्का रूपमा लिन्छौँ । तर तपाईँले के थाहा पाउनुपर्छ भने पेट फुल्ने समस्या बारम्बार भइरहेको छ भने यो एपेन्डिक्सको लक्षण हुन सक्छ । कहिलेकाहीँ एपेन्डिक्सका कारण पेटमा ग्यास पनि बन्न सक्छ ।

ज्वरो

सामान्यतया मौसम परिवर्तन भएसँगै कतिलाई ज्वरो आउँछ । तर कसैलाई बारम्बार ज्वरो आइरहेको छ भने पनि यो एपेन्डिक्सको लक्षण हुनसक्छ । एपेन्डिक्सको समस्या भएमा ज्वरोसँगै उच्च रक्तचापको समस्या पनि हुन सक्छ ।

भोक लाग्दैन

भोक नलाग्नु पनि एपेन्डिक्सको लक्षण हुनसक्छ । माथि बताइएका केही लक्षण छन् र भोक पनि लागिरहेको छैन भने तपाईँले एक पटक एपेन्डिक्सको परीक्षण गर्नुपर्छ । एपेन्डिक्समा समस्या छ भने यो शरीरका लागि निकै खतरनाक हुन्छ । त्यसैले यस्तो लक्षण देखिएमा डाक्टरलाई तुरुन्तै भेट्नुहोस् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर