Aamsanchar

 लयान्स क्लब बिर्तामोड स्मार्ट सिटीको सानो सहयोगले अनारमनीका विद्यार्थीमा ठुलो खुसी 

Author Image
बुधवार, माघ ११, २०७९

बिर्तामोड । आज बिहान १० बजे झापाको बिर्तामोड–४ मा रहेको एक मात्र सामुदायिक विद्यालय अनारमनी आधारभूत विद्यालयका विद्यार्थीहरू मनिस सोरेन, अर्जुन कठेत, एलिना राजवंशी, जाइनाफ खातुन, समर चौधरी, रोहित शर्मा, आदिल आलमलगायतका विद्यार्थीहरु धेरै खुशी देखिएका थिए । उनीहरू खुसी बन्नुको कारण थियो न्यानो कपडा स्विटर र कापी कलम पाउनु । लयान्स क्लब बिर्तामोड स्मार्ट सिटीले गरेको सानो सहयोगमा विद्यार्थीहरू भने धेरै खुसी भएका हुन ।

‘भाषण र नाराले बिर्तामोड समृद्ध नगर भनिने गरेता पनि वास्तविकमा बिर्तामोडमै ओझेलमा परेको  अनारमनी आधारभूत विद्यालय हो, यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरू समृद्ध वर्गका पर्दैनन्आदिवासी, मुस्लिम, पिछडावर्गका धेरै बालबालिकाहरू विद्यालयमा पठनपाठन गर्न आउने गर्दछन्विद्यार्थीहरूको शैक्षिक विकासका लागि संघ संस्थाहरूको सहयोग रहँदै आएको छ । आज लायन्सको तर्फबाट न्यानो कपडा र कापी कलम लिएर आउनु भएछ हाम्रा विद्यार्थीहरू र हामी शिक्षकहरू धेरै खुसी भएका छौं ।’ यो भनाई विद्यालयका प्रधानाध्यापक टंक कटुवालको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष पार्वता गिरीको अध्यक्षतामा भएको स्विटर तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्य रहेको थियो ।

विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई स्विटर र ७० जनालाई शैक्षिक सामग्री वितरण गरिएको  जनाइएको छ ।  स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश अध्यक्ष गिरीले पारेको कार्यक्रममा प्रमुख अतिथि शर्मा, विद्यालयका प्रधानाध्यापक टंक कटुवाल, लायन्सका डिस्ट्रिक्ट क्याबिनेट सेक्रटरी लीला चिमरियालयागतले स्मार्ट लेडीको सामाजिक कार्यप्रति प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन स्मार्ट लेडीकी सचिव संगीता गिरीले गरेकी थिइन ।

कक्षा १ देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा २९३ जना विद्यार्थी अध्ययनरत रहेका  छन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)