Aamsanchar

विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि

Author Image
मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं – नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना कार्यक्रम औपचारिक रूपमा आजदेखि शुरू हुँदैछ।

सरकारले वैशाख १५ अर्थात् आजदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय र गरेको परिपत्र अनुसार औपचारिक रूपमा आजदेखि विद्यार्थी भर्ना कार्यक्रम शुरू हुन लागेको हो।

नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको थियो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो। तर, अधिकांस स्थानीय तहले संघीय सरकारको परिपत्र अवज्ञ गर्दै यसअघि नै विद्यार्थी भर्ना अभियान चलाई पठपठान सुरु गरिसकेका छन्।

संविधानले दिएको शिक्षा सम्बन्धी स्थानिय तहको अधिकारलाई संघीय सरकारले कुन्ठित गरेको भन्दै स्थानिय सरकारले अटेर गरेका हुन्।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर