Aamsanchar

विद्यालय जाँदै गरेका बालबालिका बाेकेकाे डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु

Author Image
बिहिवार, माघ १२, २०७९

घाना –घानाको बोनो प्रान्तको पूर्वी क्षेत्रको भोल्टा तालमा विद्यालय जाँदै गरेको डुङ्गा पल्टिँदा मङ्गलबार ८ बालबालिकाको मृत्यु भएको छ।

राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडिएमओ) ले सञ्चारमाध्यमलाई तालको छेउमा रहेको वायोकोपमा डुङ्गा पल्टिएर स्कूल जान लागेका २० विद्यार्थीमध्ये ८ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु भएकामध्ये ५ बालक र ३ बालिका रहेका छन्।

घाना प्रहरी सेवाको मरिन पुलिस युनिटले केही स्थानीयको सहयोगमा मृतकको शव निकालेको एनएडीएमओका संयोजक इब्राहिम वुडोनीमले बताए।  दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर