Aamsanchar

जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परि सात जनाको मृत्यु

Author Image
शनिवार, माघ १४, २०७९

काठमाडौं – इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा परि कम्तीमा सात जनाको ज्यान गएको छ ।

दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहानको घटना भएको हो ।

जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् । जेरुसेलममा भएको आक्रमणको जिम्मा अहिलेसम्म कसैले नलिएको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले वेस्ट बैंकको भ्रमण गर्ने भनिएको केही दिनअघि हिंसात्मक घटना भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर