Aamsanchar

भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किए

Author Image
शनिवार, माघ १४, २०७९

भारतमा वायु सेनाका दुई विमान आपसमा ठोक्किएका छन्। शनिबार बिहान सुखोई–३० र मिराज २००० विमान आपसमा ठोक्किएर दुर्घटनामा परेका हुन्।

दुर्घटनामा २ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मध्य प्रदेशको मोरेनामा वायुसेनाको सुखोई–३० एमकेआई र मिराज–२००० विमान दुर्घटनाग्रस्त भएको रक्षा स्रोतले जानकारी दिएको छ। दुवै विमान ग्वालियर एयरबेसबाट उडेका थिए। घटनास्थलमा वायुसेनाका अधिकारी र जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र सेनाका अधिकारी घटनास्थलमा पुगेका थिए। घटनास्थलमा गाउँलेहरूको भीड जम्मा भएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर