Aamsanchar

मलेसियाका गृहमन्त्री नेपाल आउने

Author Image
आइतवार, माघ १५, २०७९

क्वालालम्पुर : मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसनले निकट भविष्यमा भ्रमण गर्ने भएका छन्। भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’ बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले उक्त जानकारी दिएका हुन्। राजदूत पौडेलले आज मलेसियाका गृहमन्त्री इस्माइल र मानव संसाधनमन्त्री भी. शिवकुमारसँग भेटघाट गरेका थिए।

भेटवार्तामा नेपाल तथा मलेसियाबीच द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो।

त्यस अवसरमा उनीहरूबीच नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य रहेको मलेसियामा गुणात्मक वृद्धि भन्नेबारे विचारविमर्श भएको थियो। नेपाली श्रमिकहरू शून्य लागतमा जाने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका साथै मलेसियामा नेपाली श्रमिकका लागि प्राप्त हुन सक्ने थप रोजगारीका अवसर र कार्यरत नेपाली श्रमिकको सेवा सुविधाबारे पनि कुराकानी भएको थियो।

उनीहरूले द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय स्तरमा पारस्परिक हितका विषयमा साझेदारी गर्दै दुवै मुलुकको राष्ट्रिय हित प्रवर्द्धन गर्न एक अर्कालाई सहयोग गर्दै अघि बढ्नेमा छलफल गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर