Aamsanchar

ओडिसाका स्वास्थ्यमन्त्रीमाथि गोली प्रहार

Author Image
आइतवार, माघ १५, २०७९

एजेन्सी : भारतको ओडिसा राज्यका स्वास्थ्यमन्त्री नव दासमाथि गोली प्रहार भएको छ। एक कार्यक्रममा सहभागी हुने क्रममा अज्ञात समूहले स्वास्थ्यमन्त्रीमाथि गोली प्रहार गरेको बताइएको छ।

दासको छातीमाथि गोली लागेको र उनको अवस्था गम्भीर रहेको भारती सञ्चारमाध्यमले जनाएका छन्। उनलाई अस्पतालमा उपचार भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दासमाथि चार राउण्ड गोली प्रहार भएको हो। उनीमाथि योजनावद्ध आक्रमण भएको अनुमान  गरिएको छ। प्रहरी अधिकारीका अनुसार ब्रजरानगरमा कार्यक्रममा सहभागी हुने क्रममा उनीमाथि  एएसआई गोपाल दासले गोली प्रहार गरेको हो।
घटनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर