Aamsanchar

आजकाे माैसम

Author Image
सोमवार, माघ १६, २०७९

काठमाण्डाै – सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान गरिएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना पनि छ ।

अन्य प्रदेशको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान छ । पानी नपर्दा माघ महिनाको मध्यमै गर्मी बढेको छ । देशका धेरै ठाउँमा बिहान बेलुका केही चिसो भए पनि दिउँसाे गर्मी छ । घाम चर्किन थालेसँगै तापक्रम पनि बढ्न थालेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर