Aamsanchar

प्रहरीले चलाएको गोली लागेर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री दासको निधन

Author Image
सोमवार, माघ १६, २०७९

भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको निधन भएको छ । उहाँलाई प्रहरीका एक जना असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानेका थिए ।

सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए । उपचारका लागि अस्पताल पुर्याए पनि मन्त्री दासलाई बचाउन नसकिएको डाक्टरलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

गोली हान्ने प्रहरी पक्राउ परेका छन्  । उनीसँग सोधपुछ भइरहेको बताइए पनि थप जानकारी सार्वजनिक भएको छैन । प्रधानमन्त्री नरेन्द्र मोदी र ओडिसाका मुख्यमन्त्री नवीन पटनायकसहितका नेताले घटनाप्रति दुःख व्यक्त गरेका छन्  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर