Aamsanchar

अष्ट्रेलियामा वृद्धामाथि कुटपिट गरेको आरोपमा नेपाली नर्स पक्राउ

Author Image
सोमवार, माघ १६, २०७९

काठमाडौं –  वृद्धामाथि कुटपिट गरेको आरोपमा अष्ट्रेलियामा एक जना नेपाली नर्स पक्राउ परेकी छिन् ।

इपिङ शहरको एउटा वृद्धवृद्धाको हेरचाह गर्ने केन्द्रमा नर्सिङ सहायकका रुपमा कार्यरत अस्मिता पाण्डे पक्राउ परेको त्यहाँको प्रहरीलाई उदृत गर्दै नाइन न्युजले जनाएको छ ।पाण्डेले वृद्धवृद्धालाई कुटपिट गरेको उजुरी उनकै सहकर्मीले गरेपछि केही दिनअघि पक्राउ गरिएको हो ।पाण्डेले कुटपिट गरेका मध्ये एक जना ९५ वर्षकी डिमेन्सिया भएकी वृद्धासमेत छिन् ।पीडित वृद्धाकी छोरीले राम्रो हेरचाह हुन्छ भन्ने आशामा छाडिएका अभिभावकमाथि दुर्व्यवहार भएको सुन्नु निक्कै दुखदायी भएको बताइन् ।पक्राउ परेकी पाण्डेलाई मार्चमा सजाय सुनाइने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर