Aamsanchar

सीतापाइलामा दुर्घटना, एक महिलाको मृत्यु

Author Image
सोमवार, माघ १६, २०७९

काठमाडौं । काठमाडौंको सीतापाइलामा बस र टाटा सुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ।

दुर्घटनामा परेर बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको मृत्यु भएको हो।

कलंकीबाट स्वयम्भूतर्फ आउँदै गरेको बा २ ख ८३६८ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज २४२१ नं को टाटा सुमो एक आपसमा ठोकिँदा बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो।

यसपछि सख्त घाइते भएकी घलेको उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

टाटा सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर