Aamsanchar

काँकडभिट्टा माविमा विद्यार्थी देखि  सांसद सम्म अभिनन्दित

Author Image
मङ्गलवार, माघ १७, २०७९

झापाको मेचीनगरमा रहेको काकाँकडभिट्टा माध्यमिक विद्यालयले ५५ ओैँ वार्षिकोत्सब तथा अभिभावक समारोह सम्पन्न गरेको छ । आज (मंगलबार) विभिद कार्यक्रमसहित वार्षिकोत्सब समापन गरेको हो ।

वार्षिकोत्सबको अवसरमा संघीय सासंद विश्वप्रकाश शर्मा, १ नम्वर प्रदशसभा सदस्य गोपाल तामाङ्ग, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई अभिनन्दन गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका सांसद शर्माले विशिष्ट अतिथि समेत रहनु भएका १ नम्वर प्रदेशसभा सदस्य गोपाल तामाङलाई अभिनन्दन पत्र प्रदान गर्नुभयो । शर्मालाई विद्यालयका तर्फबाट प्रधानध्यापक हरिप्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भवानी केरूङले अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो ।

उहाँहरूले यसक्षेत्रको शैक्षिकक्षेत्रमा पुर्याएको योगदानको कदर गर्दैँ नगरवासीकातर्फबाट अभिनन्दन गरिएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानी केरूङको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष बुद्धिनाथ पौडेल, पुर्व प्रधानध्यापकहरू दिलीप अधिकारी, चुडामणि बराल तुलसीप्रसाद निरौलालाई सम्मान गरिएको थियो ।

२०७८ वर्षउत्कृष्ट सम्मानसहित शिक्षक रूमा कार्की ढकाललाई विदाई गरिएको छ । कार्यक्रममा दाताहरू चन्द्रमान श्रेष्ठ , ओजेश ओली, रोशन अग्रवाल, अम्बिका खवास, धनप्रसाद गुरूङ,विजय डालमियाँ, विना तामाङ , दुर्गा पुरी,मुन्ना श्रेष्ठ ,धनकिरण गुरूङ,पुनम प्रधान, रोटरी क्लब अफ काँकडभिट्टा र यामप्रसाद निरौलालाई अक्षयकोषदाता सम्मान प्रदान गरिएको छ ।

२०७७ सालको कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सुजाता पनेरूलाई नगद ५ हजार रूपैयाँ र सम्मानपत्रसहितको धनप्रसाद गुरूङ छात्रावृति पुरस्कार प्रदान गरियो । सोहि वर्षको कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने आयुष रिजाललाई समेत नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरियो । २०७८ सालको कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सुजाता पनेरू र कक्षा११ मा उत्कृष्ट अंक ल्याउने समिर फूयाँललाई नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र प्रदान गरियो ।

पुष्पा श्रेष्ठ स्मृति पुरस्कार कक्षा ४ का समीर राई र कक्षा ५ का रिया लिम्बुलाई प्रदान गरियो । पुरस्कारको राशी जनही नगद ५र५ हजार रूपैयाँ र सम्मान पत्र रहेको छ । यो पुरस्कार कक्षा १ देखि ५ सम्मका उत्कृष्ट १र१ जना विद्यार्थी लाई प्रदान गरिन्छ । कक्षा ६,७ र ९ का उत्कृष्ट १र१ जना विद्यार्थीलाई प्रदान गरिने भगिमाया ओली स्मृति पुरस्कार विवश दाहाल, शर्मिला तामाङ , युगान्त निरौला र शर्मिला तामाङले प्राप्त गर्नुभयो । पुरस्कारको राशी जनही नगद ५र५ हजार रूपैयाँसहित सम्मान पत्र रहेको छ ।

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने सचिन राउत,धनमाया लामा र पिटर लिम्बुलाई ख्यालीराम पार्वतिदृवि अग्रवाल स्मृति पुरस्कार प्रदान गरियो । कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने छिरिङ भोटे,सीजा प्रधान,विवश दाहाल र साईना प्रधानलाई हर्पतलाल गीतादेवि डालमियाँ स्मृति पुरस्कार प्रदान गरियो । सावित्रादेवि स्मृति छात्रावृत्ति पुरस्कार एसईईमा अल्पसंख्यक विद्यार्थी हिना हेमरम र संगम चेपाङलाई जनही नगद ५र५ हजार रूपैयाँ र सम्मान पत्र प्रदान गरियो । नरबहादुर तामाङ स्मृति छात्रावृत्ति पुरस्कारबाट जेहेन्दार उत्कृष्ट खेलाडी रमेश रावत, प्रोत्साहन छात्रावृत्ति बुदिन हेमरम र तृष्णा अधिकारी र उत्कृष्ट कक्षा क्यापटन सरोज जिरेललाई प्रदान गरियो । पुरस्कारको राशी जनही नगद २५र२५ सय र सम्मान पत्र रहेको छ ।

कार्यक्रममा प्रमुख साँस्कृतिक कार्यक्रम र प्रतियोगितात्मक खेलहरू प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथिहरू १ नम्वर प्रदेशसभा सदस्य तामाङ , नगरप्रमुख बुढाथोकी उपप्रमुख उप्रेतीलगायतले बोल्नुभएको थियो । स्काउटबाट स्वागत नृत्य तथा विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर गिरीले शब्दद्वारा स्वागत गर्नुभयो । कार्यक्रमको सञ्चालन शिक्षक मदन अधिकारी र प्रधानअध्यापक न्यौपानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर