Aamsanchar

महिला भक्तलाई बलात्कार गरेको अभियोगमा भारतका आध्यात्मिक गुरु आशारामलाई अर्को आजीवन कैद

Author Image
मङ्गलवार, माघ १७, २०७९

नयाँ दिल्ली – भारतको एक अदालतले एकजना स्वघोषित आध्यात्मिक गुरुलाई आफ्नी एक महिला भक्तलाई बलात्कार गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाएको छ ।

सन् २००१ देखि २००६ बीच पश्चिमी भारतीय राज्य गुजरातस्थित आफ्नो आश्रममा पटकपटक बलात्कार गरेको आरोपमा आशाराम बापुलाई अदालतले दोषी ठहर गरेको हो ।

८१ वर्षीय आशाराम अहिले सन् २०१८ मा एक १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा आजीवन कैद सजाय भोगिरहेका छन् । उनका वकिलले उनले अदालतको पछिल्लो निर्णयविरुद्ध अपिल गर्ने बताएका छन् । आफ्नो योगा र ध्यान प्रशिक्षणका लागि चर्चित आशारामका विश्वभरि लाखौँ भक्तजन र सयौँ आश्रम रहेका छन् ।

मंगलबारको अदालतको निर्णयपछि उनका समर्थकहरूबाट हिंसात्मक गतिविधि हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले गुजरातमा सुरक्षा व्यवस्था कडा पारेको छ । अघिल्लो दिन गान्धी नगर सहरस्थित अदालतले उनलाई बलात्कार र गलत ढंगले अरूलाई थुनामा राखेको जस्ता अभियोगमा भारतीय दण्ड संहिताका विभिन्न धारा अन्तर्गत दोषी करार गरेको थियो । यस मुद्दामा मुछिएका आशारामकी पत्नी र पुत्रीसहित ६ जनालाई भने प्रमाण अपर्याप्त भएको आधारमा सफाइ दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर