Aamsanchar

अफ्रिकाले रुस र चीनसँग एउटा संयुक्त सैन्य अभ्यासमा भाग लिने, अमेरिकाको असन्तुष्टि

Author Image
बिहिवार, माघ १९, २०७९

दक्षिण अफ्रिकाले रुस र चीनसँग एउटा संयुक्त सैन्य अभ्यासमा भाग लिने भएकाे छ । जलसैनिकहरूले गर्ने यो अभ्यास रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा हुन लागेको हाे ।

अमेरिकाले भने संयुक्त सैन्य अभ्यासको आलोचना गरेको छ । जलसेनाहरूको १० दिने संयुक्त अभ्यास फेब्रुअरी १७ तारिखदेखि दक्षिण अफ्रिकाको तट नजिकै हिन्द महासागरमा हुनेछ ।

दक्षिण अफ्रिकाको राष्ट्रिय डिफेन्स फोर्स (एसएएनडीएफ) ले उसको सशस्त्र बलका ३ सय ५० सदस्यहरू यो अभ्यासमा सहभागी हुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

रुसले जर्कन हाइपरसोनिक क्षेप्यास्त्रहरू बोक्ने एड्मिरल गोर्शकोभ नामक युद्धपोत पठाउने घोषणा गरेको छ ।

ती क्षेप्यास्त्रको वेग ध्वनिको भन्दा नौगुना बढी छ र तिनको मार हान्न सक्ने क्षमता एक हजार किलोमिटर परसम्म छ । सन् २०१९ मा तीनवटा देशले संयुक्त सैन्य अभ्यास गर्दा सातवटा जहाजहरू संलग्न थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर