Aamsanchar

कनकाईमा  निशुल्क पशु स्वास्थ्य शिविर आयोजना हुने 

Author Image
बिहिवार, माघ १९, २०७९

कनकाई । झापाको कनकाई नगरपालिकाले किसानलाई लक्षित गर्दै पशु स्वास्थ शिविर सन्चालन गर्ने भएको छ ।

नगरले हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजिकरणमा कनकाई नगरपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्धमशिलता विकास परियोजना अन्तर्गत निशुल्क पशु स्वास्थ शिविर सञ्चालन कार्यक्रम ल्याएको कनकाई नगरका कृषि शाखा प्रमुख यदु उप्रेतीले जानकारी दिए ।

अघिल्लो बर्ष पनि नगरले सबै वडामा पशु स्वास्थ शिविर सञ्चालन गरेको र उक्त स्वास्थ्य शिविर पछि किसानले पशुपालनमा राहात मिलेको प्रतिक्रिया दिदै यो कार्यक्रमलाई निरन्तरता दिन सल्लाह सुझाव दिए अनुरुपनै यस बर्ष पनि यो कार्यक्रम ल्याएको र यो कार्यक्रमलाई नगरले आगामी बर्षमा पनि निरन्तरता दिदै जाने नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

शिविर यहि माघ २३ गते बाट सुरु भई फागुन २ गते सम्पन्न हुने शिविर सञ्चालन कार्यक्रमका संयोजक केशव खनालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 672

प्रतिक्रिया (०)

सम्बन्धित खबर