Aamsanchar

पक्राउ परेका सांसद चौधरीलाई अदालतमा पेस

Author Image
शुक्रवार, माघ २०, २०७९

धनगढी : बिहीबार पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस  गरिएको छ।फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। चौधरीलाई कोहलपुरबाट पक्राउ गरिएको थियो।

चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए।

उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर