


हङकङ र मकाउका बासिन्दाका लागि चीन आउजाउ पूर्णरूपमा खुला भएको छ । चीनले पर्सि सोमवारदेखि दुई देशबाट हुने सबै किसिमका यात्रामा लगाएको प्रतिबन्ध हटाएको हो ।
कोरोना महामारीका कारण झण्डै तीन वर्षदेखि यी देशबाट हुने आवतजावत बन्द रहेको थियो । अब हङकङ र मकाउका बासिन्दाको आवतजावतमा लागेको प्रतिबन्ध हटेको समाचार संस्था एएफपीले जनाएको छ । यो निर्णयपछि व्यापार, व्यवसाय र पर्यटनमा टेवा पुग्नुका साथै तीन वर्षदेखि हुन नसकेको पारिवारिक भेटघाट सहज हुने भएको छ ।
कोरोना महामारी अघि सन् २०१८ मा पाँच करोड १० लाख चिनियाँले हङकङको भ्रमण गरेका थिए । चीनले गएको महिना शून्य कोभिड नीति खारेज गरेको थियो । त्यसपछि कोरोना सङ्क्रमण नभएको प्रमाणका आधारमा दैनिक ६० हजार जनालाई आउजाउको अनुमति दिएको थियो । तर अब आवतजावत पूर्ण रुपमा सहज हुने भएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 98