Aamsanchar

रवि लामिछानेको ठाउँमा आफूलाई स्वतः विजयी घोषणा माग गर्दै काँग्रेस नेता श्रेष्ठले आयोगमा निवेदन दिने

Author Image
आइतवार, माघ २२, २०७९

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको उम्मेदवार नै बन्न अयोग्य भएको ठहर गरेर उनको पद खारेज भएपछि चितवन–२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ ।
चितवन २ मा उपनिर्वाचनबारे बहस चलिरहँदा एक प्रतिस्पर्धी भने निर्वाचन आयोगमा निवेदन बोकेर जान लागेका छन् ।

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी भएको घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका हुन् । उनी आइतबार बिहान कार्यालय खुलेपछि आयोगमा जाने तयारीमा रहेका हुन् ।

निवेदन दिएपछि श्रेष्ठले आइतबारै राजधानीमा पत्रकार सम्मेलनको तयारी समेत गरेको उनको सचिवालयले जनाएको छ ।

चितवन २ मा श्रेष्ठ १४ हजार ९८८ मत मात्र पाएर दोस्रो भएका थिए । लामिछाने उम्मेदवार बन्न नै योग्य भएसँगै दोस्रो भएको आधारमा आफूलाई स्वतः विजयी घोषणा गरिनुपर्ने श्रेष्ठको जिकिर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर