Aamsanchar

७८ लाख नगद र चार लाखको चेकसहित दुई जना हुण्डी कारोबारी पक्राउ

Author Image
आइतवार, माघ २२, २०७९

काठमाडौं । काठमाडौंबाट प्रहरीले हुण्डी गर्न सङ्कलित रु ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न सङ्कलित उक्त रकमसँगै रु चार लाखको चेकसमेत बरामद गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको बिजुलीबजार बस्ने किशोर चौधरी र सोही ठाउँका दीपेन्द्रबहादुर मल्ल रहेका छन् ।

नेपाल राष्ट्र बैँकले जारी गरेको आदेश/निर्देशनविपरीत इजाजतपत्र नलिएर वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
मल्लले पाँच वर्षदेखि र चौधरीले चार महिनादेखि उक्त कारोबार गर्दै आएको पाइएको कोइरालाले जानकारी दिए । उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)