Aamsanchar

कनकाई १ मा स्वास्थ्य प्रवर्द्धन  कार्यक्रम सम्पन्न 

Author Image
मङ्गलवार, माघ २४, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ मा  एक दिवसीय  ज्येष्ठ नागरिक  स्वस्थ प्रवर्द्धन  कार्यक्रम सम्पन्न भएको छ ।  आज (मंगलबार) कनकाई १ स्थित ज्येष्ठ नागरिक भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कनकाई वडा न १ को आर्थिक सहयोग, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भद्रपुर झापाको विशेषज्ञ सहितको प्राविधिक सहयोग, नागरिक आरोग्य सेवा केन्द्र कनकाई १ को आयोजनामा अभिमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परीक्षणका साथै औषधी वितरण गरिएको वडा अध्यक्ष सुशील कुमार पोख्रेलले जानकारी दिए ।

केन्द्रको वार्षिक कार्यक्रम अन्तरगत  एकदिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा १ सय बढी ज्येष्ठ नागरिकले सेवा लिएको  कविराज निरीक्षक टेकनाथ अर्यालले जानकारी दिए ।  अभिमुखी करण एवम् निःशुल्क आयुर्वेद स्वास्थ्य परीक्षणका साथै ३ प्रकारका औषधी निःशुल्क बितरण गरिएको अर्यालले जानकारी दिए ।

ज्येष्ठ नागरिक संघ कनकाई वडा न १ का संयोजक ऋषिकेश खतिवडाको अध्यक्षमा भएको कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।  केन्द्रका कविराज निरीक्षक टेकनाथ अर्यालले स्वागत तथा औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा कनकाई स्वास्थ्य शाखाका प्रमुख खगेन्द्र दङ्गाल , ज्येष्ठ नागरिक कनकाईका संयोजक पुण्य प्रसाद बाराकोटी , निवर्तमान टोल संयोजक ताराप्रसाद खनाल , लक्ष्मीप्रसाद काफ्ले , रामप्रसाद चापागाईं , डिल्लीप्रसाद भट्टराई , अनिरुद्र ओलीलगायतले सेवाका बारेमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कनकाई १ का वडा सदस्य निर्मला खड्का , हरिकुमार राई , दलबहादुर थापा, संगीता लुवागुनलगायतको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शिविरमा डा. सुरज पन्तको प्राविधिक सहयोग रहेको वडा सदस्य हरिकुमार राईले  बताए । कार्यक्रमको सञ्चालन नागरिक आरोग्य सेवा केन्द्र कनकाई नगरकी प्रमुख रञ्जु रिजालले गरेकी थिइन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर