Aamsanchar

चर्चित र्‍याप गायक एकेएको गोली हानी हत्या

Author Image
आइतवार, माघ २९, २०७९

एजेन्सी –दक्षिण अफ्रिकाका चर्चित र्‍याप गायक किर्नान जारेड फोर्ब्स (एकेए) को गोली हानी हत्या भएको छ । ३५ वर्षीय र्‍यापर एकेएको डरबनस्थित एक रेस्टुरेन्ट नजिकै गोली हानेर हत्या भएको हो । उनीसँगै उनका नजिकका साथी तथा व्यावसायिक सेफ एवं व्यापारी टेबेल टिब्ज मोटसोनको पनि हत्या भएको छ । उनीहरूको एक नाइट क्लबको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा गोली हानी हत्या भएको बीबीसीले जनाएको छ ।

बीबीसीसँग कुराकानी गर्दै प्रहरी प्रवक्ता कर्नेल रोबर्ट न्त्शिउन्डाले र्‍यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै गर्दा दुई हतियारधारीले उनीहरूलाई नजिकैबाट गोली हानेको जानकारी दिएका छन् । यसपछि आक्रमणकारीहरू पैदल नै घटनास्थलबाट फरार भएको पनि उनले बताए । प्रहरीका अनुसार यो हत्या ‘हिट एन्ड रन’ पनि हुनसक्ने सम्भावना रहेको बताएका छन् । अहिले हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर