Aamsanchar

विवकेशील साझा पार्टीको बैठक आज बस्दै

Author Image
आइतवार, माघ २९, २०७९

काठमाडौं – विवकेशील साझा पार्टीको बैठक आज बस्दै छ । पार्टीको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो । अध्यक्ष समीक्षा बास्कोटाका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा बस्नेछ । बैठकबाट केन्द्रीय कार्यसमितिको संख्या र सदस्यको टुंगो लगाइनेछ । “हामी अहिले १ बजे बैठक बस्दै छौँ । केन्द्रीय समितिमा बाँकी रहेका सदस्यहरूको विषयमा बैठकले निर्णय गर्नेछ,” अध्यक्ष बास्कोटाले भनिन् । यही माघ २७ र २८ गते काठमाडौंमा पार्टीको पहिलो अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट पार्टी अध्यक्षमा बास्कोटा, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे, महासचिवमा रञ्जु दर्शनालगायत पदाधिकारी चयन भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (१)

सम्बन्धित खबर