Aamsanchar

न्युजिल्यान्डमा भीषण वर्षासँगै बाढी र चक्रवात : हजारौँ नागरिक प्रभावित

Author Image
सोमवार, फागुन १, २०७९

न्युजिल्यान्डमा भीषण वर्षासँगै आएको बाढी र चक्रवातका कारण हजारौँ नागरिक प्रभावित भएका छन् । बाढी र चक्रवातका कारण बिजुली र खानेपानीको आपूर्ति बन्द भएको छ । न्युजिल्याण्डको उत्तरी क्षेत्रका ५८ हजारभन्दा धेरै घरमा बिजुलीको आपूर्ति ठप्प भएको छ।

अधिकारीहरुले ठूलो वर्षा र हावाहुरीको चेतावनी दिएका छन् । चक्रवातलाई मध्यनजर गर्दै त्यस क्षेत्रको उडान सेवा ठप्प पारिएको छ। केही क्षेत्रमा आपत्कालको घोषणा गरिएको छ। चक्रवातले घरका छानाहरु उडाइदिएको छ भने रुख ढलेर सडक अवरुद्ध भएका छन्।

दक्षिण न्युजिल्याण्डको ठूलो सहर अकल्याण्डमा पनि चक्रवातका कारण बिजुलीको आपूर्ति बन्द भएको छ। चक्रवात प्रभावित क्षेत्रका अधिकारीहरुले रेड अलर्ट जारी गर्दै आपत्काल घोषणा गरेका छन् । चक्रवातका कारण स्थानीय सरकारी कार्यालय बन्द गरिएको छ भने विद्यालय पनि बन्द छन्।

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर