Aamsanchar

अम्लिसोको कुचो बोकेको पिकअपमा गाँजा बरामत, दुई जना पक्राउ

Author Image
सोमवार, फागुन १, २०७९

झापा । सुनसरीको देवानगंज गाउँपालिका ६ बाट लागुऔषध गाँजा बोकेको पिकप गाडी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतवार राती साढे १० बजे राजगंज सिनवारी- कप्तानगंज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको गस्ती टोलीले को.१ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई संका लागि चेक जाँच गरेको थियो ।

यसैक्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम ९७ बोरा० गाँजा बरामद गरेको हो ।

उक्त लागुऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान-१६ सुनसरीका २७ बर्षीय पुर्ण बहादुर राई र सहचालक बिजय राई समेतलाई पक्राउ गरिएको छ ।

गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
8
+1
1
+1
2
+1
1
+1
1
+1
7
Views: 4607

प्रतिक्रिया (०)