


काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टी छाडेर गएकाहरूलाई पुनः प्रवेशमा रोक लगाउने तयारी गरेको छ। काठमाडौंमा तीन दिनसम्म चलेको जनमतको केन्द्रीय कार्यकारिणी समिति विशेष बैठकले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई पुनः प्रवेश गर्न नदिने वा गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि पदमा वा निर्वाचनमा सहभागी हुन नदिने तयारी गरेको नेता बिपी साहले जानकारी दिए।
निर्वाचन क्रममा अन्तर्घात गरेका, खुला वा छद्म रूपमा अन्य पार्टीलाई सहयोग गरेका, निर्वाचनको मुखमा अरू पार्टीमा प्रवेश गरेका वा बागी उम्मेदवार बनेका सदस्यहरूमाथि कडा कारबाहीका लागि पार्टीले तयारी गरिरहेको छ,उनले भने।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 60