Aamsanchar

क्रिकेटर सन्दीप बारे संसदमा सुमनाको प्रश्न– बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दियो ?

Author Image
बुधवार, फागुन ३, २०७९

काठमाडौं –बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट विश्वकप लिग टुमा खेलाइएको विषयमा संसदमा प्रश्न उठेको छ ।  सांसद सुमना श्रेष्ठले कुन नैतिकताले सन्दीपलाई राष्ट्रको प्रतिनिधित्व गर्न दिइयो भनेर प्रश्न गरेकी हुन् ।

आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै श्रेष्ठले भनिन्, ‘एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो ? आरोप लगाएको व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला रु’ यो घटनाको कारण पीडितलाई झनै ठूलो मानसिक अवसादमा धकेल्ने जोखिम बढेको उनको भनाइ छ । न्यायपालिकाको काम चुस्त, दुरुस्त र पारदर्शी नहुँदा समाज कानुनी मुद्दामा पनि बिभाजित हुन थालेको बताउँदै उनले सन्दीप लामिछाने विरुद्धको मुद्दा छिटो छिनोफानो गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘सन्दीप लामिछानेको मुद्दा हेरौं, त्यो कहिलेसम्म छिनोफानो गर्छौं ? यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो रु राष्ट्रको प्रतिनिधित्व गरेको व्यक्तिको यति ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला ?’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)