Aamsanchar

आज सुनको मूल्य

Author Image
बिहिवार, फागुन ४, २०७९

काठमाडौं-  नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।  आज सुनको मूल्य प्रति तोला ६ सयले घटेर छापावाल सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 531

प्रतिक्रिया (१)

सम्बन्धित खबर