Aamsanchar

झापामा लागुऔषधसहित चार जना पक्राउ

Author Image
शुक्रवार, फागुन ५, २०७९

झापा-झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । विहिबार अपरान्ह बुद्धशान्ती गाँउपालिका-४  मा लागुऔषध कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय  सुरज  मगरको घर कोठा खानतलासी गरेको थियो । सोहिक्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी SPASPAIN, TRAMADOL गरी १ सय १० पत्ता  र २ ग्राम ६ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । लागुऔषध बरामद भए संगै संलग्न सोही स्थानका ३८ बर्षीय अमृत श्रेष्ठ समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ मा चेकजाँचको क्रममा अर्जुनधारा-३ का २४ बर्षीय ऐतराज इवा र २७ बर्षीय प्रकास खातीले बोकेको अण्डाको क्यारेट भित्र लुकाई छिपाई ल्याउदै गरेको ५ ग्राम ब्राउन सुगर फेला पारे संगै दुबै जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (१)