Aamsanchar

बिर्तामोडमा रहेको हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक युवकको मृत्यु

Author Image
शुक्रवार, फागुन ५, २०७९

झापा – झापाको बिर्तामोड ७ मा रहेको खरेल हाते कागज उद्योगमा लोक्ता पकाउने फलामको भाँडो बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका ७ का वडाध्यक्ष कृष्ण अबिरल खरेलले सञ्चालन गर्नुभएको उद्योगमा बिस्फोट भएको हो ।

लोक्ता भरिएको भाँडोमा आगो बलिरहेको अवस्थामा बिस्फोट हुँदा त्यहिँ काम गर्ने कर्मचारी खोटाङ निवासी सरोज सुन्दासको मृत्यु भएको खरेलले बताउनुभयो ।

बिस्फोटबाट खरेलका दाजु लक्ष्मीप्रसाद र श्रीप्रसाद घाइते हुनुभएको र उहाँहरुको बिर्तासिटी अस्पतालमा उपचार भैरहेको खरेलले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
1
+1
1
+1
5
+1
26
Views: 20

प्रतिक्रिया (०)