Aamsanchar

टर्कीमा शक्तिशाली भूकम्प गएको ११ दिनपछि चारजनाको जिवितै उद्धार

Author Image
शनिवार, फागुन ६, २०७९

टर्कीमा शक्तिशाली भूकम्प गएको ११ दिनपछि भग्नावशेषबाट चारजनाको उद्धार गरिएको छ। जिवितै उद्धारको सम्भावना सकिएको भन्दै भग्नावशेष पन्छाउने उपकरण प्रयोग गरिरहेको स्थानबाट उनीहरू जीवितै भेटिएका हुन् ।

हताए प्रान्तको डेफ्ने जिल्लाबाट २७८ घण्टापछि एक ४५ वर्षीय पुरुषको उद्धार गरिएको छ। यस्तै २५८ घण्टापछि एक २९ वर्षीय महिलाको पनि जीवितै उद्धार गरिएको छ। उनीसँगै १२ वर्षीय बालकको उद्धार गरिएको छ।

यस्तै अन्तक्या प्रान्तमा २६० घण्टापछि एक पुरुषको उद्धार गरिएको छ।

टर्की–सिरिया भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ४४ हजार पुगेको छ। टर्कीमा मात्रै ३९ हजार ६७२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर