Aamsanchar

बुल्गेरियामा १८ जना आप्रवासीहरू एक ट्रकमा मृत फेला

Author Image
शनिवार, फागुन ६, २०७९

सोफिया : बुल्गेरियाको राजधानी सोफियानजिकै शुक्रबार कम्तिमा १८ जना आप्रवासीहरू एक ट्रकमा मृत फेला परेका आन्तरिक मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार ट्रकले अवैध रूपमा लगभग ४० जना आप्रवासीहरू बोकेको  बताइएको छ । आप्रवासीहरू काठ बोकेको ट्रकमा लुकाएर यात्रा गराइएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तिनीहरू मध्ये १८ जनाको मृत्यु भइसकेको र केही बाँचेकाहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।  यस विषयमा अनुसन्धान जारी छ ।

Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर