Aamsanchar

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

Author Image
मङ्गलवार, फागुन ९, २०७९

दैलेख –  दुई वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका प्रतिबादी पक्राउ परेका छन् । दैलेखको नौमुले गाउँपालिकाबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । नौमुले गाउँपालिका–४ बाङ्गेबजार र वडा नम्बर १ नौमुले बजारबाट उनीहरू पक्राउ परेका हुन्। नौमुले गाउँपालिका–४ बाङ्गेबजार बस्ने ३० वर्षीय छबिन्द्र बुढा मगर,३१ वर्षीय कमल सारु मगर र ४२ वर्षीय कर्मसिंह दर्लामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक दिपकसिंह विस्टले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर