Aamsanchar

प्रधानमन्त्री दाहाल कतार जाने तयारीमा

Author Image
बुधवार, फागुन १०, २०७९

झापा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने तयारीमा हुनुहुन्छ । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा रहनु भएको उहाँको सचिवालयले जानकारी दिएको छ ।

अल्पविकसित राष्ट्रहरुको सम्मेलन दोहामा फागुन २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवं राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर