Aamsanchar

कंक्रिटको सहर बिर्तामोडमा बास र खरको आकर्षक क्याफे रेष्टुरेन्ट

Author Image
बुधवार, फागुन १०, २०७९

बिर्तामोड । तीन जना युवाहरूले झापाको बिर्तामोड–४ मा क्यापस बिटल्स क्याफे तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।
स्थानीय युवा अमित खड्का, अर्जुन संग्रौला र योगेश अधिकारीको संयुक्त लगानी ६० लाखमा क्याफे सञ्चालन ल्याइएको जनाइएको छ ।

बाँस, खर र काठको प्रयोग गरेर निर्माण गरिएको क्याफे निक्कै आकर्षक रहेको छ । खासगरि सौराह, पोखरा, ठमेललगायतका शहरहरूमा विदेशी पर्यटकहरूलाई लक्षित गरेर यो किसिमको क्याफे रेष्टुरेन्टहरू सञ्चालनमा रहेको पाइन्छ । बिर्तामोडमा साना देखि पाँचतारे बोटलहरू रहेका छन् । कंक्रिटको सहर बिर्तामोडमा क्यापस बिटल्स क्याफे भने भिन्न पहिचानको मौलिक रहेको छ ।  वैदेशिक रोजगारीमा जानेलाई बारिस्तालगायतको तालिम समेत प्रदान गर्ने सञ्चालक अमित खड्काले जानकारी दिए ।

आज (बुधबार) र्याप गायक आशिष राना (लाहुरे) ले क्याफे  उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, संघका सदस्य जीवन खड्कालगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
33
+1
1
+1
1
+1
3
+1
1
+1
3
+1
3
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर