Aamsanchar

चिकित्सक र बिरामी बाेकेकाे विमान दुर्घटना हुँदा पाँच जनाकाे ज्यान गयाे

Author Image
आइतवार, फागुन १४, २०७९

अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकाे छ।

गएकाे शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए) ले आज जनाएको बीबीसीमा उल्लेख छ।

दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र उनको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन।

Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर